This event has ended

Looking for something happening now? Check out upcoming events in Kathmandu.

See upcoming events →
LGBTQ+ Event
Past event

रुक्शना कपाली विरुद्ध नेपाल सरकार समेत (११४४) को सर्वोच्च अदालतको फैसलाको खुला पहुँच रिपोजिटरी शुभारम्भ

Friday, 06 November 2026 · Time TBA Queer Youth Group, Kathmandu, Nepal

About the event

नेपाल सम्बत : ११४७ कछला १८ च.नं. २२/८३/८४
मिति : २०८३ कात्तिक २०
6 November 2026

रुक्शना कपाली विरुद्ध नेपाल सरकार समेत (११४४) को सर्वोच्च अदालतको फैसलाको खुला पहुँच रिपोजिटरी शुभारम्भसम्बन्धी प्रेस विज्ञप्ति

आज नेपाल संवत् (सौ.मा.) ११४७ कछला १८ गते तदनुसार २०८३ कात्तिक २० गते क्वयेर युथ ग्रुपले पारलैङ्गिक व्यक्तिको कानूनी पहिचानको अधिकारसम्बन्धी सर्वोच्च अदालतको ऐतिहासिक फैसला रुक्शना कपाली विरुद्ध नेपाल सरकार समेत (ने.का.प. २०८२, निर्णय नं. ११४०६) सम्बन्धी एक खुला पहुँच डिजिटल अभिलेखालय (Open-Access Digital Repository) सार्वजनिक गरेका छौँ ।

उक्त ऐतिहासिक फैसलामार्फत सर्वोच्च अदालतले पारलैङ्गिक पहिचानसँग जोडिएका पाँच महत्वपूर्ण संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण गरेको थियो । अदालतले विद्यमान कानुनी कार्यविधिको अभावमा असाधारण न्यायिक हस्तक्षेपको औचित्य स्थापित गर्दै व्यक्तिको स्व-अनुभूत लैङ्गिक पहिचानलाई आत्मनिर्णयको मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । त्यसैगरी पारलैङ्गिक व्यक्तिको वैयक्तिक गोपनीयताको हक स्थापित गर्दै आधिकारिक अभिलेखहरू सच्याउन अदालतले विपक्षी निकायहरूका नाममा परमादेश जारी गरेको थियो ।

पारलैङ्गिक व्यक्तिको कानूनी पहिचानका लागि स्थापित यस ऐतिहासिक नजिरका आधारमा आजका मितिसम्म उच्च अदालतहरूबाट करिब ५० जना अन्य व्यक्तिहरूको पक्षमा समेत पहिचानको अधिकार स्थापित गर्ने फैसलाहरू भएका छन् ।

आज सार्वजनिक गरिएको यस डिजिटल अभिलेखालयमा उक्त मुद्दासँग सम्बन्धित सम्पूर्ण आधिकारिक अदालती कागजातहरू उपलब्ध गराइएको छ । त्यसै गरी, प्रमुख कागजातहरूको नोटरी प्रमाणित अङ्ग्रेजी अनुवादका साथै नेपालका विभिन्न राष्ट्रभाषाहरूमा फैसलाको अनुवाद समेत समावेश गरी प्रकाशन गरिएको छ ।

पारलैङ्गिक व्यक्तिका हक र न्यायिक लडाइँको इतिहासलाई जीवन्त राख्न तथा सबैको पहुँच सुनिश्चित गर्न यो खुला अभिलेखालय समर्पित छ ।

www.kapalivnepal.com/

भवदीय,
आदेश राई (नाङ्बुङ)
सूचना तथा सञ्चार अधिकृत

Nearby Hotels

via Stay22
Nearby Hotels
Loading map…

1 gay bars, clubs & saunas from our guide

Kathmandu, Nepal Open in Maps →

Our three picks · Kathmandu

via Agoda
Budget pick
P8J6+J3J, मित्र्‍नगर मार्ग, Kathmandu 44600, Nepal

Small budget guest house with a restaurant in Kathmandu, listed via Booking.com.

Mid-range pick
Paknajol, Thamel, Kathmandu 44600, Nepal

Gay-friendly mid-priced hotel in Paknajol, the quieter northern end of Thamel, with a rooftop breakfast terrace and strong guest ratings.

Luxury pick
Kathmandu 44600, Nepal

Heritage hotel in a former Rana-era palace in Lazimpat, Kathmandu, with gardens, an outdoor pool, a spa, two restaurants and two bars.

Last verified: 10 Nov 2026 Source: instagram.com Report an issue

Stay in the Loop

Get the latest LGBTQ+ events and venue openings in your inbox.

Enter your email to receive Pride event updates and new-venue alerts.

Already a subscriber? Unsubscribe

Your privacy choices. We use cookies to run GayOut and, with your consent, measure usage. Learn more